
काठमाडौं, १३ माघ । भक्तपुर स्थित सुर्यविनायक राममन्दिर नजिक रहेको ૐ शान्ति टेलरिङले ६ हजार ५ सय रुपैयाँमै सुट पाइन्ट तयार गरेर बिक्री गर्न थालेपछि ग्राहकहरुको भीड लाग्न थालेको छ ।
भक्तपुरमा २ दशकभन्दा बढी समयदेखि ग्राहक सेवा दिँदै आएको ૐ शान्ति टेलरिङले सबै प्रकारका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुर्याउने, रहरको पहिरन सबैले लगाउन सकून् भन्ने उद्देश्यले सस्तो सुलभ दरमा सुट पेन्ट बिक्री गरिएको सञ्चालक झरिलाल खङ्गले बताउनुभयो ।
‘हामी ६ हजार ५ सय रुपैयाँमै सुट पाइन्ट, टाइ, सुटकभर ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौ ।’ उहाँले भन्नुभयो, ‘हामीले सस्तो मात्र होइन अरुले दिने भन्दा अब्बल दर्जाको गुणस्तरीय कपडा र सिलाई गरेका पनि छौँ । गुणस्तरमा कुनै कम्प्रोमाइज हामी गर्दैनौं ।’

आफूले धेरै सोचेर यो प्रकारको अफर ग्राहक सामु ल्याएको उहाँले बताउनुभयो । झरिलाल भन्नुहुन्छ, ‘हामीले दिएको दर र गुणस्तर एवम् आधुनिक प्रविधिजन्य सेवा सुविधा अरूले अहिलेसम्म दिएका छैनन् । नाफाभन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यो योजना ल्याएका हौँ ।’
ૐ शान्ति टेलरिङ सुट पेन्ट मात्र होइन, दौरा सुरुवालका लागि पनि प्रसिद्ध रहेको संस्था रहेको खङ्गको भनाइ छ । ग्राहकहरुकै रोजाइ अनुसार दौरा सुरुवाल सिलाइने उहाँले बताउनुभयो । त्यस्तै विवाह ब्रतबन्ध तथा स्कुल कलेजका सबै प्रकारका कपडाहरुको उत्कृष्ट सिलाई गरिने उहाँले बताउनुभयो । उहाँले ग्राहकहरूलाई एकपटक ૐ शान्ति टेलरिङमा आएर सेवा लिएर हेर्न अनुरोध गर्नुभएको छ ।









प्रतिक्रिया