३१ जेष्ठ २०८३, आइतबार

विमानस्थलमा कुटपिट प्रकरणको छानबिनका लागि समिति गठन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीहरूबीच कुटाकुट भएको घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिलाई छानबिन गरी तीन दिनभित्र राय सहितको प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ वास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जि.सी. सदस्य हुनुहुन्छ ।