२९ असार २०८३, सोमबार

ढोरपाटन नगरपालिकाका मेयरविरुद्ध रेडकर्नर नोटिस जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरूद्व रेड कर्नर नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपालीविरूद्व रेड कर्नर नोटिस जारी गरेको हो ।

मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

मेयर नेपाली जेठ ५ गतेदेखि बुर्तिवाङ बजारबाट सम्पर्कविहीन हुनु भएको छ ।