२३ असार २०८३, मंगलबार

एक महिनाभित्र नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक पेश गर्छौं :मन्त्री बस्नेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिना भित्रमा पेश गर्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस तथा वैकल्पिकउर्जा प्रवर्द्वन केन्द्रको २७औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले अहिले देशमा जलवायु परिवर्तनको प्रभावकारीतात्मक दृष्टिले बढ्दै गइरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न स्वच्छ उर्जा उत्पादन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेश गर्ने जानकारी दिनु भएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको प्रभाव जसरी नकारात्मक दृष्टिले अत्यन्तै बढ्दै गइरहेको छ । त्यसलाई न्यूनीकरण गर्न क्लिनइनर्जीको उत्पादन गर्नुछ । त्यसैले यसको महत्वको बारेमा सरकारलेगम्भीरतासाथ सोचिराखेको छ । नवीकरणीय उर्जा दक्षता सम्बन्धीविधेयकप्रतिनिधिसभामा एक महिनाभित्रमा पेश गर्दैछौँ ।’

उहाँले वैदेशिक रोजगारीमाजानेको संख्या बढ्यो भनेर तथ्याङ्कमाआधारित नभइ बर्बादीको मात्र गीत नगाउन आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको बताउनुभयो ।

तथ्यलाई नहेरी देश बर्बादीमा गयो भनेर गीतमात्र गाएर नहुने र त्यसले निराश मात्र बनाउने साथै राष्ट्र निर्माणको लागि चाहिने आवश्यकतागत सृजना गर्न नसक्ने धारणा राख्नुभयो ।