
काठमाडौं, १२ माघ । रूसी सेनामा भर्ती भई लडाईंमा घाइते भएर स्वदेश फर्किएका युवकको स्वास्थयमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।
आज स्वदेश फर्किएका कैलालीका २४ वर्षीय युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै टिचिङ अस्पताल लगिएको हो।
युक्रेनी सेनासँगको लडाईका क्रममा उनको बायाँ हात र दायाँ खुट्टामा गोली लागेको थियो । रुसकै अस्पतालमा गोली निकालिएका उनको घाउ निको भइसकेको थियो।
तर नेपाल फर्कने क्रममा जहाजमै उनको स्वास्थयमा समस्या देखिएपछि विमानस्थलबाट सिधै अस्पताल लगिएको हो। युवक मंसिर ४ गते दलालमार्फत रूसी सेनामा भर्ती हुन पुग्नु भएको खुलेको छ।
उहाँलाई दूतावासको पहलमा स्वदेश फर्काइएको हो । अहिले उहाँको स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ।








प्रतिक्रिया