
काठमाडौं, १२ माघ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाललाई विमानस्थलमै कार्यरत प्रहरीले कुटपिट गरेका छन् ।
अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको बताइएको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जानु भएको थियो ।
मेटल डिटेक्टर भएको स्थानमा उहाँलाई चेकजाँच गर्ने क्रममा विवाद भएको थियो । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्नुभएको थियो ।
त्यो विवादका क्रममा मोक्तानलाई प्रहरीले हातपात गरेको थियो । सोही घटना बुझ्न अध्यागमन कार्यालय प्रमुख हमाल आफैं गएकाबेला उहाँमाथि पनि कुटपिट भएको हो ।
दुवै पक्षबीच अहिले छलफल भइरहेको छ ।









प्रतिक्रिया