२३ जेष्ठ २०८३, शनिबार

खगराज भट्टलाई माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ।

प्रदेश संसदीय दलको बहुमतले भट्टलाई पदबाट हटाएको हो । सुदूरपश्चि संसदीय दलमा ११ जना सदस्य रहनु भएको छ ।

भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट,लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गर्नुभएको छ ।

भट्टलाई पदबाट हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरिएको छ ।