२५ जेष्ठ २०८३, सोमबार

राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रियामा छौं : मन्त्री शर्मा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको बताउनु भएको छ ।

शुक्रबार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानमा लोकस प्रर्दशनी २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरिसकेको भन्दै त्यसकै आधारमा आवश्यक नियम कानूनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गर्‍यौं । यहि नीतिको आधारमा आवश्यक नियम कानुनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । अब चाँडै क्याविनेटले पारित गरेर नेपालमा सरकारी स्तरमा राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माण हुने पक्रियामा पुगेका छौं ।’

उहाँले अहिले सुचना सञ्चार र प्रविधिको क्षेत्रमा डिजिटल डिभाइड ठूलो चुनौतीको रुपमा रहेको बताउनुभयो । जनताको दैनिक जीवनलाई सहज बनाउन डिजिटल पूर्वाधार परिचालन गर्न आवश्यक जनशक्तिको विकास गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

‘जनताको दैनिक जीवनलाई सहज बनाउन, समृद्धिको बाटोमा अगाडि बढाउन डिजिटल पूर्वाधार निर्माण र परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो आवश्यकता हो । देशका सबै ठाउँमा डिजिटल पूर्वाधारको विकास गर्न सकिरहेका छैनौं । अर्कोतिर शिक्षा चेतना आर्थिक अवस्थाका कारण सबै नागरिकले सुचना प्रविधिको प्रयोग गर्ने अवस्था सृजना गर्न सकेका छैनौं, ’उहाँले भन्नुभयो,‘कतिपय ठाउँमा पहुँच पुर्‍याउन सकेका छैनौं । कतिपय पुगेको ठाउँमा पनि प्रयोग गर्ने सामर्थ्य र चेतना छैन । यसैलाई हामीले डिजिटल डिभाइड भन्छौ । यो अहिलेको सुचना सञ्चार र प्रविधिको क्षेत्रमा यो निकै ठूलो चुनौती हो ।’

मन्त्री शर्माले अब सूचना र प्रविधिको विकासबाट भागेर होइन यसको उचित प्रयोग र आवश्यक विकास गरेरमात्र देशलाई अगाडि बढाउन सकिने टिप्प्णी गर्नुभयो । अब डिजिटल रुपान्तरणविना कुनैपनि क्षेत्रमा अगाडि बढ्नसक्ने परिस्थीति नरहेको उहाँको भनाई छ ।