२९ जेष्ठ २०८३, शुक्रबार

थुनुवालाई हिरासतबाट भगाएर आफू पनि भाग्ने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । हिरासतबाट थुनुवालाई भगाएर आफू पनि फरार हुने नेपाल प्रहरीका पूर्व जवान १६ वर्षपछि पक्राउ पर्नुभएको छ ।

पक्राउ पर्नेमा पूर्वजवान वीरबल राय यादव हुनुहुन्छ । उहाँले १६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका लागुऔषध कारोबारी अशरफ आलमलाई भगाएर आफू पनि भाग्नु भएको थियो ।

पूर्वजवानले आलमलाई भगाउन एक करोड माग्नु भएको थियो । तर भागिसकेपछि आमलले उहाँलाई ६ लाख २५ हजार मात्रै दिएका अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।