२ असार २०८३, मंगलबार

७ हजार घुससहित बाँकेका सहायक वन अधिकृत पार्दे पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

काठ चिरानको सिफारिस गरिदिने भन्दै उहाँले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो । टोलीले घुस लिएको ७ हजार रुपैयाँसहित पार्देलाई पक्राउ गरको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उहाँसँग श्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँसमेत गरी जम्मा ५२ हजार ९७५ रुपैयाँसहित पक्राउ गरिएको हो । आयोगले उहाँमाथि थप अनुसन्धान अघि बढाएको छ ।