
काठमाडौं, १२ माघ । हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित भएको छ । पार्टीलाई राप्रपा नेपालमा समाहित गर्ने निर्णय अनुसार बिहीबार घोषणा गरिएको हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदिप ओलीले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रमबाट पार्टीलाई राप्रपा नेपालमा समाहित गरिएको घोषणा गरिएको हो । समाहित भएको निर्णय गरिएको सहमति पत्रमा राप्रपा नेपालका उपाध्यक्ष गोविन्दविक्रम शाह र हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदीप ओलीले हस्ताक्षर गर्नुभएको छ ।
सहमति अनुसार सबैलाई पार्टी केन्द्रले उपयुक्त जिम्मेवारी दिई पार्टीमा क्रियाशिल बनाउने राप्रपा नेपालका सहमहामन्त्री हिक्मत ढकालले जानकारी दिनुभयो ।
समाहित भएको घोषणा पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले समाजिक सञ्जालमार्फत राप्रपा नेपालमा स्वागत गर्दै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने तथा भ्रष्ट व्यवस्था अन्त गरी सुशासन र समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।







प्रतिक्रिया