
काठमाडौं, ११ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, मा रहेको वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवा अश्रमलाई सहयोग प्रदान गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा आश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।
यसका साथै बैंकले वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिकतहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
विद्यालय र सेवा आश्रममा आज आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिक र बालबालिका समाजका एक अभिन्न अंग भएका र उहाँहरुलाई सहयोग प्रदान गर्न पाँउदा धेरै ठूलो सहयोग नभएपनि सांकेतिक रुपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको बताउनुभयो ।








प्रतिक्रिया