२ श्रावण २०८३, शनिबार

विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल र विकललाई विशेष अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको हो । उहाँहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको थियो ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उहाँहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो ।