८ श्रावण २०८३, शुक्रबार

गण्डकीका तीन वटै सिटमा गठबन्धन विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । राष्ट्रिय सभामा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी हुनुभएको छ ।

प्रदेशमा रिक्त तीन सिटका लागि बिहीबार भएको मतदानमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी हुनु भएको हो ।

श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाउनु भयो । त्यस्तै, कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत पाउनुभयो ।

त्यसैगरी, माओवादी केन्द्रकी शर्मा ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाउनुभयो ।

गण्डकीमा राष्ट्रिय सभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

Skip This