१५ असार २०८३, सोमबार

एमाले टोखा नगर कमिटीले तय गर्‍यो वडा अधिवेशनको मिति, कुन वडामा कहिले ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेकपा (एमाले) टोखा नगरकमिटीको बैठक बुधबार बसेको छ ।

पार्टी पोलिट्ब्युरो सदस्य आनन्द प्रसाद पाखरेलको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशनको मिति तय गरेको छ ।

जसअन्तर्गत वडा नम्बर ७, ८, ९ र ११ को वडाअधिवेशन यही माघ १३ गते गर्ने निर्णय गरेको छ । यस्तै, वडा नम्बर १० को माघ १६ गते गर्ने निर्णय भएको छ भने १ र ६ नम्बर वडाको अधिवेशन माघ २६ गतेका लागि तय भएको छ ।

यस्तै, वडा नम्बर २, ३, ४ र ५ को अधिवेशन माघ २७ गते गर्ने निर्णय बैठकले गरेको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै पोलिट्ब्यूरो सदस्य पोखरेलले टोखा गौरवपूर्ण ठाउँ रहेको बताउनुहुँदै यसको गौरब सधैँ कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

देश विकास एमालेले मात्रै गर्नसक्ने बताउनुहुँदै उहाँले एमालेको एकल सरकार आवश्यक रहेकाले सोही अनुसार तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।