
काठमाडौं, ११ माघ । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी हुनु भएको छ ।
उहाँले गठबन्धनतर्फकी माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्नु भएको हो ।
कोइरालाले ५ हजार ८६ मत पाउँदा कार्कीले ४ हजार ९९२ मत मात्रै पाउनु भयो ।
गठबन्धन दलका जनप्रतिनिधि र सांसदले नै फ्लोर क्रस गरेर कोइरालालाई मतदान गरेको पाइएको छ ।








प्रतिक्रिया