५ असार २०८३, शुक्रबार

ढोरपाटन नगरपालिकाका मेयर देवकुमारविरुद्ध ‘रेड नोटिस’ जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरूद्व ‘रेड नोटिस’ जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा फरार रहेका नेपालीविरूद्व अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड नोटिस’ जारी गरेको हो ।

उनीविरूद्व रेड नोटिस जारी गर्न नेपाल प्रहरीको एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा पत्र पठाएको थियो ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलको सदस्य राष्ट्रहरू १९५ देशका प्रहरीले नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउने बाटो खुलेको छ ।