
काठमाडौं, ११ माघ । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सकिएको छ ।
तीन राष्ट्रिय सभा सदस्यका लागि भएको मतदानमा शतप्रतिशत मतदान भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान १ नबज्दै सकिएको हो ।
७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ३९ जनाले मतदान गर्नुभएको हो । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवार रहनु भएको छ ।
यस्तै, एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार हुनुहुन्छ ।








प्रतिक्रिया