२८ जेष्ठ २०८३, बिहिबार

राष्ट्रिय सभा निर्वाचन : ७० प्रतिशत मत खस्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले आज साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशतमतदान भइसकेको शर्माले जानकारी दिनुभयो । ‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ । अहिलेसम्म (११: ३०) करिब ७० प्रतिशतमत खसिसकेको अवस्था हो ।’

उहाँले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने जानकारी दिनुभयो । साढे चारबजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने उहाँको भनाइ छ ।

‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’ पौडेलले भन्नुभयो ।