६ असार २०८३, शनिबार

राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा मतदान सुरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ११ माघ । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यका लागि हेटौंडामा मतदान सुरु भएको छ ।

चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो ।

मतदान दिउँसो ३ बजे सम्म जारी रहने र लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आजै साँझसम्म नतिजा सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्य, प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गरिरहेका छन् ।

मतदानका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुकुमारी पुडासैनी र अन्यतर्फ जितजङ्ग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी नेकपा (एमाले)बाट महिलातर्फ रोजकुमारी चौलागाई, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् ।

राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ नानु नगरकोटी, अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र दलिततर्फ पूर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन् ।