७ असार २०८३, आइतबार

बढ्यो पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको विनिमय दर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा रहेको छ । बुधबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।