८ असार २०८३, सोमबार

गोवा नेपाली समाजद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । गोवा नेपाली समाजले मृगौला रोगबाट पीडित काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीका कान्छाबहादुर पराजुलीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुन र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रा. लि नेपालगञ्जकी अध्यक्ष एवं प्रगतिशील नेपाली समाज भारतकी केन्द्रीय सचिवालय सदस्य अनु विसीले संयुक्त रुपमा पीडित पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

गोवा नेपाली समाजको आह्वानमा संकलित २ लाख २२ हजार चार सय ४८ रुपैयाँ पीडित पराजुलीलाई रकम हस्तान्तरण गरिएको हो । मृगौला रोगबाट पीडित रहेको कान्छाबहादुर पराजुलीको मृगौला प्रत्यारोपणका लागि डाक्टरहरुले सुझाव दिएको र  उहाँकी श्रीमती सुष्माले आफू मृगौला दिनका लागि तयार भएको बताउनुभयो ।

पीडित पराजुलीले गोवा नेपाली समाजमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । पीडित कान्छाबहादुरकी श्रीमती सुष्माले आफूहरु दुवै जना लामो समय माओवादी जनयुद्धमा होमिएको बताउनुभयो । जनयुद्धपछि वैदेशिक रोजगारीमा गएका श्रीमानको मृगौलामा समस्या देखिएको अहिले सात वर्ष भइसकेको उहाँले बताउनुभयो ।

अहिले चेकअपको काम भइरहेको र मृगौला प्रत्यारोपणका लागि अझै केही समय लाग्ने उहाँको भनाइ छ । उहाँले आफू मृगौला दिन तयार भएपनि खर्चका अभाव रहेको भन्दै सहयोगका लागि आह्वान गर्नुभयो । सहयोगका लागि केही बुझ्न आवश्यक भए ९८६५४०६३६४ मा फोन गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।