२७ जेष्ठ २०८३, बुधबार

राष्ट्रिय युवा संघ मकवानपुरको संयोजकमा रोजेश नगरकोटी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० माघ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन हुनुभएको छ ।

बुधबार हेटौंडामा भएको विस्तारित बैठकले नगरकोटीको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटिको सहसंयोजकमा सविन लामा चयन हुनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतिको अध्यक्षतामा भएको विस्तारित बैठकमा राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय उपाध्यक्ष केसीले नयाँ नेतृत्व चयनसँगै संगठनमा नयाँ गति पैदा हुने र कमी कमजोरी हटाई संगठनलाई सशक्त बनाउन र युवामा आकर्षण बढाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबल पार्टीको लागि सशक्त युवा संघ आवश्यक छ ।’ उहाँले संगठन विस्तार, व्यवस्थापन र सुदृढीकरणको अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष केसीले जनजीविकाका मुद्दा बोक्न, युवाका समस्या समाधानमा लाग्न र आत्मनिर्भर बनाउन युवालाई शिक्षा, सीप, श्रम र उत्पादनसँग जोड्ने लक्ष्य लिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवि ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका लेखा आयोगका प्रमुख सन्तोष चौलागाई, नेपाल खेलकुद महासंघ महासचिव धरमबहादुर लामा, युवा संघका स्थायी कमिटी सदस्य मिलन पाठक, युवा संघका केन्द्रीय सदस्य प्रकाश लामा, दिलुमाया घर्ती, युवा संघको बागमती प्रदेशका कोषाध्यक्ष नरेन्द्र भण्डारी, प्रदेश सदस्य विश्वराज राईलगायतको आतिथ्यता रहेको थियो ।