१२ असार २०८३, शुक्रबार

आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० माघ । आगो ताप्ने क्रममा मोरङको कटहरीमा एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर सिकिस्त घाइते भएकी महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जलेर घाइते भएकी कटहरी गाउँपालिका–२ की ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनुभयो ।

घरअगाडि आँगनमा आगो बालेर ताप्ने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर उनी केही दिनअघि घाइते भएकी थिइन् ।

उनको विरानगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको थियो । शरीरका विभिन्न भाग जलेर सिकिस्त भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।