८ असार २०८३, सोमबार

नेपाल टेलिकमका तत्कालीन निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका विकल पौडेल पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ पर्नु भएको छ ।

भ्रष्टाचार आरोप लागेका उहाँहरूलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा नआएपछि पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।

दुवै जनामाथि भ्रष्टाचारमुद्दा दायर भएको छ भने गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

अख्तियारले नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै सुनिल साथै सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। यस्तै विकल सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका छन् ।