२८ असार २०८३, आइतबार

आफ्नै घरको पाँच तलाबाट हाम फालेका धनगढीका व्यवसायीको मृत्यु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । घरको पाँच तलाबाट हाम फालेर गम्भीर घाइते हुनु भएका कैलाली धनगढीका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक अग्रवालले आज बिहान करिब साढे ११ बजे आफ्नै घरको पाचौँ तलाबाट हाम फाल्नु भएको थियो ।

उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरायसी विवादका क्रममा उहाँले घरबाट हाम फल्नु भएको बताइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।