३० जेष्ठ २०८३, शनिबार

धनगढीका व्यवसायीले आफ्नै घरको पाचौँ तलाबाट हाम फाले

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । कैलालीको धनगढीका एक व्यवसायीले आफ्नै घरको पाँचौँ तालाबाट हाम फाल्नु भएको छ ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाचौँ तलाबाट हाम फाल्नु भएको हो ।

घरायसी विवादमा उहाँले आज बिहान साढे ११ बजे आसपास घरबाट हाम फाल्नु भएको हो । गम्भीर घाइते हुनु भएको उहाँलाई नवजीवन अस्पताल लगिएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।