
काठमाडौं, १० माघ । रोल्पाकी खुशी बुढामगरले सातवटा लोकसेवा पास गर्नु भएको छ ।
परिवर्तन गाउँपालिका– ४ की २१ वर्षीया खुशीले एकै वर्षभित्र सातवटा लोकसेवाको परीक्षा पास गर्नुभएको हो । उहाँ अहिले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मत्स्य प्राविधिक पदमा कार्यरत हुनुहुन्छ ।
यसअघि उहाँ नायव पशु स्वास्थ्य प्राविधिकको रूपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखामा कार्यरत हुनुहुन्थ्यो । खुशीले जनता मावि परिवर्तन ३ बाट ०७४ मा एसईई प्रथम श्रेणीमा पास गर्नुभएको हो ।
उहाँका ६ दिदीबहिनी र एक भाइ पनि सरकारी सेवामै हुनुहुन्छ ।
खुशीलाई अहिले बधाई थाप्न भ्याईनभ्याई भएको छ ।








प्रतिक्रिया