
काठमाडौं, १० माघ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले मौन अवधि उल्लंघन गर्दै चियापान कार्यक्रम आयोजना गर्नु भएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि जारी रहेका बेला कोइरालाले विराटनगरस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
चियापानमा राष्ट्रियसभाका उम्मेदवार समेत रहनु भएका कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी हुनु भएको छ ।
चियापानमा निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई बोलाइएको छ ।








प्रतिक्रिया