
हेटौंडा, १० माघ । मकवानपुरमा एक महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्लाको थाहा नगरपालिका वडा नम्बर-५ फुर्के बस्ने ६० वर्षीया ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत फेला परेकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







प्रतिक्रिया