
काठमाडौं, १० माघ । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ पर्नु भएका रामबहादुर बम्जनविरूद्व जाहेरी दिने एक किशोरीका बुबाको दुर्घटनामा मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उहाँको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले किशोरकिा बुबा सवार बा ५८ प ९१४१ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको बताइएको छ ।








प्रतिक्रिया