४ श्रावण २०८३, सोमबार

आजदेखि सहिद सप्ताह सुरु, शास्त्रीको शालिकमा माल्यार्पण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । आजदेखि सहिद सप्ताह सुरु भएको छ । पहिलो दिन आज काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी सहिद शुक्रराज शास्त्री र उहाँको योगदानलाई सम्झिएको छ ।

उपमेयर सुनिता डंगोलसहित महानगरका अधिकारीहरुले टेकुको पचलीस्थित शास्त्रीको शालिकमा स–सम्मान माल्यार्पण गर्नुभएको छ । उपमेयर सुनिता डंगोलले शास्त्रीको योगदान नेपाली राजनीतिमा मात्र नभएर नेपाली र नेपाल भाषाको साहित्यमा पनि उत्तिकै रहेको बताउनुभयो । ‘उहाँको योगदान नेपाली राजनीतिमा मात्र होइन, साहित्यमा पनि उत्तिकै छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुभयो । विशेषगरी नेपाल भाषाको व्याकरण लेख्ने उहाँ नै पहिलो व्यक्ति हो,’ उपमेयर डंगोलले भन्नुभयो, ‘त्यो मात्रै होइन बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति पनि उहाँ नै हो ।’

कार्यक्रममा नगरबासीले सहिद शास्त्रीलाई स्मरण गर्नुभयो, उहाँको त्याग र बलिदानीप्रति सम्मान अर्पण गर्नुभयो ।

नेपाली जनताको स्वतन्त्रता, राष्ट्र निर्माण र आम नागरिकको हक अधिकार र मुक्तिको लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।

नागरिकको हक हितका लागि तत्कालिन व्यवस्थाविरुद्ध विद्रोह गर्दा वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डाएर शास्त्रीको हत्या गरिएको थियो ।

शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा नै बुधबार महानगरपालिकाले श्रद्धाञ्जली सभा गरेको हो । सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ ।