
मकवानपुर, १० माघ । धरानचतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा-६ पुतलीबजारमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
बुधबार बिहान ९ बजे फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना३ ख ५३०३ नम्बरको यात्रुवाहक बस पुतलीबजारमा पल्टिएको हो । विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा पुतलीबजार पुल नजिकको साघुरो बाटोको कारण बस दुर्घटना भएको बताइएको छ ।
बसमा १५ जना यात्रुहरु रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया