३१ जेष्ठ २०८३, आइतबार

चाँदीका गहनासहित २ जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १० माघ । प्रहरीले ५३ तोला चाँदीका गहनासहित बाराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला ईटहरी नगरपालिका-३ बस्ने २४ वर्षीय बद्री विक र धरान उपमहानगरपालिका-५ का ३५ वर्षीय गुजराज विक रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

विरगंजबाट काठमाडौतर्फ जाँदै गरेको बा प्र ०२–०२७ प १८५१ नम्बरको स्कुटी जीतपुसिमरा उपमहानगरपालिकाको पथलैया चोकमा रोकी चेकजाँच गर्दा लुकाई छिपाई समान भन्दा कमको बिल बनाई ती चाँदीका गहनाहरु लगिरहेको अवस्थामा पक्राउ गरिएको हो । गहनाहरुमा चाँदीको लकेट २२ थान, औठी ३३ थान, मंगलसुत्र १८ थान, कानको टप २६ थान, गणेश लकेट ७० थान गरी करिब १ लाख १३ रुपैयाँ मूल्य बराबरको समानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।