३१ जेष्ठ २०८३, आइतबार

यू–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसाग जीत निकाल्ने लक्ष्यमा छ । उता पाकिस्तान भने लगातार दोस्रो जितको खोजिमा मैदान प्रवेश गर्नेछ ।

पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । समूह डीमा न्युजिल्याण्ड लगातार २ खेल जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान २ अंक लिएर दोस्रो स्थानमा छ ।

न्युजिल्याण्डविरुद्धको खेलमा भएका गल्ती सुधार गर्दै मैदान उत्रने लक्ष्यमा नेपाली टिम रहेको छ । उमेर समूहमा नेपाल र पाकिस्तान २ पटक भिड्द दुवै टिमले एक एक खेल जितका छन् । एक खेल भने रद्द भएको थियो ।

नेपाली टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।