२४ असार २०८३, बुधबार

संसद अधिवेशन माघ २२ लाई बोलाउन सिफारिस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ लाई बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको शर्माले बताउनुभयो ।

त्यस्तै, सरकारले कोटेश्वर चौराहा सुधार आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गन निर्णय समेत भएको छ ।