७ असार २०८३, आइतबार

मधेश सरकारबाट जनमत पार्टी बाहिरियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरबारबाट बाहिरिएको छ ।

आज जनमतबाट मन्त्री बन्नु भएका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउनु भएको हो ।

सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको जनमतले बताएको छ ।

पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।