२९ असार २०८३, सोमबार

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लािमछानेविरूद्व संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी परेको छ ।

रविविरूद्व युवराज सफलले उजुरी दिनु भएको हो । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिनु भएको हो ।

उहाँले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गर्नु भएको छ ।