२४ जेष्ठ २०८३, आइतबार

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ९ माघ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा सोमबार प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा सोमबार साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, ¥याली, भजन मण्डली, किर्तन गरिएको थियो । सोमबारका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताउनुभयो ।

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।