
काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टीका उपसभापति स्वर्णिम वाग्ले र नेता अनिलकेशरी शाहलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलनमा उपस्थित हुनुभयो।
आफ्नो खातामा सहकारीको एक करोड ८० लाख जम्मा भएको भनी आएको समाचारको प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा दायाँतर्फ स्वर्णिम र बायाँतर्फ पूर्व बैंकरसमेत रहनुभएका रास्वपाका नेता शाहलाई राखेर रवि प्रस्तुत हुनुभएको थियो ।
सभापति लामिछानेका बारेमा अनेकन टिप्पणी भइरहेका बेला उहाँले पार्टी एकजुट छ भन्ने देखाउन वाग्ले र शाहलाई दायाँ बायाँ राख्नु भएको हो । पत्रकार सम्मेलनमा नेतृ सुमना श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो भने तोसिमा कार्की, सोविता गौतम भने देखिनु भएन ।
पत्रकार सम्मेलनमा नविल र पूर्व मेगा बैंकको नेतृत्व सम्हालिसक्नु भएका शाहले लामिछानेको खातामा पैसा जम्मा नभएको र कसरी उक्त रकम जम्मा भएको देखाइयो भन्ने बारे प्रष्टीकरण दिनु भएको थियो ।
लामिछानेले ग्लोबल आइएमई बैंकले दिएको पत्रसमेत वाचन गरेर सुनाउनु भएको थियो । जसमा बैंकले लामिछानेको खातामा रकम जम्मा नभएको स्पष्ट पारेको छ ।















प्रतिक्रिया