
काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएपछि यो प्रकरण झनै रहस्यमय बनेको छ ।
सभापति लामिछानेले आज पत्रकार सम्मेलनमार्फ़त सञ्चारमाध्यममा आएका समाचारमा प्रष्टीकरण दिँदै बैंकको चिठीसमेत देखाउनुभयो । त्यसो भए रविको खातामा कसले रकम जम्मा गरेको देखाउन खोज्यो रु कसले बैंक स्टेट्मेन्ट र स्लीप बाहिर ल्यायो ? भन्ने प्रश्न उठेको छ ।
ग्यालेक्सी टेलिभिजन खोल्दा रविका साझेदार रहेका जीबी राईले चलाखीपूर्वक यो सबै गर्नुभएको त होइन भन्ने शंका उब्जिएको छ ।
रविसँगको सम्बन्ध बिग्रिँदै गएपछि उहाँले रविलाई पनि डाम्न यो सबै गर्नुभयो त ? रहस्य जे सुकै भए पनि जनताको पैसा ठग्ने गिरोहले कुन हदसम्म चलखेल गर्न सक्छन् भन्ने पनि यो प्रकरणले स्पष्टसँग देखाएको छ । र, जानाजान सहकारी ठगहरूसँग साझेदारी गर्नुमा रविको पनि कमजोरी देखिएको छ ।








प्रतिक्रिया