१० कार्तिक २०८३, मंगलबार

रविको खातामा १ करोड ८० लाख जम्मा नभएको ग्लोबल आईएमई बैंकद्वारा स्पष्ट (पत्रसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । ग्लोबल आईएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खातामा एक करोड ८० लाख जम्मा नभएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा रविको खातामा सहकारीको एक करोड ८० लाख जम्मा भएको भन्ने समाचार प्रकाशन भएका थिए । यस विषयमा रविले पत्रकार सम्मेलन गर्नुहुँदै बैंकले दिएको पत्र नै सार्वजनिक गर्नु भएको हो ।

‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ‘…. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं,’ पत्रमा लेखिएको छ ।