२२ जेष्ठ २०८३, शुक्रबार

सेयर बजारमा उच्च अंकको गिरावट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ३१.४९ अंकले घट्दै २०९८.६९ अंकमा झरेर बन्द भएको छ ।

कारोबारको यस दिन ३६ कम्पनीको सेयर बढेकोमा २ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । दुईवटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, ज्ञादी ग्रुप अफ पावर, अपी पावर, सन नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि छन् ।

हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाखको सेयर कारोबार भएको छ भने ज्ञादी ग्रुपको ३१ करोड र अपि पावरको २४ करोडको कारोबार भएको छ ।