१० कार्तिक २०८३, मंगलबार

रुसी सेनामा रहेका थप एकजना नेपालीको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । रूसी सेनामा रहेको थप एकजना नेपालीको मृत्यु भएको छ ।

युक्रेनी सेनाको आक्रमणमा परेर रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको मृत्यु भएको हो । उहाँ पूर्व नेपाली सेनासमेत हुनुहुन्थ्यो ।

उहाँ गत भदौमा रुसी सेनामा भर्ती हुनु भएको थियो । तीन दिन अघि मात्रै उहाँको युद्वमा परेर मृत्यु भएको बताइएको छ ।

उहाँको घरमा श्रीमती, आमा, एक छोरा र एक छोरी हुनुहुन्छ ।