
काठमाडौं, ८ माघ । प्रहरीले काठमाडौंबाट एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर घर भई काठमाडौंको बाँसबारीमा बस्ने ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई पक्राउ गरेको हो ।
उहाँले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आउनु भएको थियो । उहाँले झण्डै ७ सयजनाको उपचार गरिसकेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
भट्टाचार्यले ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको उपचार गरिसकेको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै उहाँले धौलागिरी हिमाल पोलिक्लिनिकमा पनि ३० जना बिरामीको चेकजाँच गरेको पाइएको छ ।















प्रतिक्रिया