
काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।
पछिल्लो समय सभापति लामिछानेमाथि सहकारी ठगीको आरोप लागेपछि पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत भ्याएसम्म आजै साँझ पत्रकार सम्मेलन गर्ने जानकारी दिनु भएको हो ।
गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’ उहाँले लेख्नु भएको छ ।








प्रतिक्रिया