२८ जेष्ठ २०८३, बिहिबार

अनेरास्ववियु कर्णाली प्रदेशको अध्यक्षमा राजेश वली निर्वाचित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेशको अध्यक्षमा राजेश वली निर्वाचित हुनुभएको छ ।

दैलेखमा सम्पन्न अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनले वलीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।

उपाध्यक्षहरुमा बिबश भारती, मन्सुन दाहाल र संजय योगी निर्वाचित हुनुभएको छ भने सचिवमा धर्म शाही, सहसचिवहरुमा प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही निर्वाचित हुनुभएको छ ।

अधिवेशनले कोषाध्यक्षमा जगत जंग शाहीलाई निर्वाचित गरेको अध्यक्षमा निर्वाचित वलीले जानकारी दिनुभयो ।