
काठमाडौं, ८ माघ । गोरखा जिल्लामा विभिन्न पार्टी परित्याग गरी ती पार्टीका नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार गोरखाको अजिरकोट गाउँपालिका–४ गोगनपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरू एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँहरूलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले देशको विकास र समृद्धिको लागि बलियो शक्ति आवश्यक रहेको बताउनुभयो । बलियो शक्ति बनाउन कम्युनिष्टहरु विभाजित भएर नहुने उहाँले प्रष्ट पार्नुभयो ।

गुरुङले देशका कम्युनिष्ट एक भएर बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने गुरुङले बताउनुभयो ।
गुरुङले अब विभाजित गन्तव्यमा नपुगिने बताउनुभयो । उहाँले सबैलाई नेकपा एमालेको छातामा एकत्रित हुन पनि आह्वान गर्नुभयो । त्यसो गरियो भने मात्र समाजवादको बाटोमा अघि बढ्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।









प्रतिक्रिया