२८ असार २०८३, आइतबार

आकाशे पुलमा व्यानर राखेर दृश्य प्रदुषण गरेको भन्दै ५० हजार जरिवाना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ ।

महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकाशे पुलहरुमा सो कम्पनीले लगाएको व्यानरसमेत जफत गरेको हो ।

नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावापत् ५० हजार रुपैयाँ असुल गरेका छन् ।

‘विभिन्न आकाशे पुलहरुमा व्यानर लगाइ पूरानो हुँदा सम्म पनि नहटाएको र त्यसबाट दृश्य प्रदुषण गरी फोहोरमैला गरेवापत् ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ जरिवाना रसिदमा उल्लेख छ ।