२५ जेष्ठ २०८३, सोमबार

बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ ।

लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिएको बताउनुभएको छ । उहाँले यति धेरै संख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरेको दाबी गर्नुभयो ।

आयोगले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीसमेत गरी एकैपटक १ हजार ११३ कर्मचारीको माग भएको हो । बागमती प्रदेशमा संघीय राजधानी काठमाडौंसहित १३ जिल्ला र तीन महानगरपालिकासहित ११९ वटा स्थानीय तह रहेका छन् ।